Lesson : राष्ट्रिय समसामयिक
नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न 🆕
आठौँ नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न भएको छ
- कहिले ? : २०८१ मंसिर ३
- कहाँ ? : काठमाडौँ, नेपाल
- नेपालबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृतमोहन प्रसाद को नेतृत्वका टोली सहभागी
- बैठकमा ११ वटा साझा एजेण्डामा दुवै पक्षबाट संयुक्त हस्ताक्षर भएको
- अबदेखि बर्षको २ पटक बैठक बस्ने सहमति
- नेपालतर्फ सशस्त्र प्रहरीका २ सय ४४ स्थानमा सीमा सुरक्षार्थ बीओपी तैनाथ छन्,
- भारत तर्फ ४ सय बढी स्थानमा एसएसबीका युनिट छन् ।
- नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा छुट्याउने ८ हजार ५ सय ५३ सीमास्तम्भ छन् ।
- पछिल्लो पटक बिजोर अंकका स्तम्भ नेपाल र जोर अंक र ठूलो (जंगे) स्तम्भ भारतीय पक्षले मर्मत गर्ने सहमति भए पनि मर्मत कार्यले पूर्णता पाएको छैन ।