Lesson : साहित्य, पुरस्कार र सम्मान
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९
भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९ वितरण
- ३ विधामा दिइने २०७९ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार देहायका व्यक्तित्वलाई
- दलित मुक्ति आन्दोलनको क्षेत्र : लाल बहादुर विश्वकर्मा (कंचनपुर)
- मानव अधिकार क्षेत्र : खगेन्द्र संग्रौला (काठमाडौँ)
- सिप,कला साहित्य अध्यन तथा अनुसन्धान क्षेत्र : डाक्टर गोविन्द नेपाली (जुम्ला)
- २०७९ असार २६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले वितरण गरेको हो ,
- यो पुरस्कार २०७३ साल देखि वितरण गर्न थालिएको हो ,
- यो पुरस्कारको राशि १ लाख रुपैया रहेको छ ,
- समाज सुधार , सामाजिक न्याय , समता र दलित मुक्ति आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनु भएका भगत सर्वजित विश्वकर्माको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो ,
- भगतले २००३ सालमा सर्वजन संघ स्थापना गरि पहिलो दलित मुक्तिको अभियान अगाडी बढाउनु भएको थियो ।