Lesson : साहित्य, पुरस्कार र सम्मान
मानश्री र बसुन्धराश्री पुरस्कार २०८०
मानश्री र बसुन्धराश्री पुरस्कार २०८० घोषणा गरिएको छ
- घोषणा मिति : २०८० बैशाख ६
- बसुन्धराश्री पुरस्कार - २०८०
- कसलाई ? : डा. सन्दुक रुइत
- किन ? : स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान बापत
- पुरस्कारको राशी ७५ हजार रुपैयाँ रहेको छ।
- २०७९ को बसुन्धराश्री पुरस्कार : थाक्र प्रसाद गुरागाईंलाई प्रदान गरिएको थियो
- मानश्री पुरस्कार - २०८०
- कसलाई ? : डा. महावीर पुन
- किन ? :राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान बापत
- पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ।
- २०७९ को मानश्री पुरस्कार : थान बहादुर रावललाई प्रदान गरिएको थियो