Lesson : अन्तराष्ट्रिय समसामयिक
नेटोमा सामेल हुने फिनल्यान्डकाे निर्णय
फिनल्याण्ड सरकारले नेटो (NATO) मा सहभागी हुन् आवेदन दिने घोषणा गरेको छ
- कहिले ? : १२ मे २०२२
- उत्तर एटलान्टिक सन्धि सङ्गठन ( North Atlantic Treaty Organization)३० युरोपेली तथा अमेरिकी देशहरूको अन्तरसरकारी सैन्य गठबन्धन हो।
- दोस्रो विश्व युद्धपछि फिनल्यान्डले कुनै पनि गठबन्धनमा सामेल नहुने तटस्थताको नीति लिएको थियो,
- रुसले नेटोमा आबद्ध नहुन फिनल्यान्डलाई पटक पटक चेतावनी दिँदै आएको छ ,
- रुस र फिनल्यान्डबीच १३ सय किलोमिटर लामो सीमा रहेको छ ।
- फिनल्यान्डसँगै रुसको अर्को छिमेकी स्विडेनले पनि नेटोको सदस्य प्राप्तिका लागि आवेदन दिने तयारी थालेको छ ।
- नेटो सैन्य गठबन्धन सन् १९४९ मा स्थापना भएको हो ।
- १२ वटा देशबाट सुरु भएको नेटो गठबन्धनमा अमेरिका, बेलायत, फ्रान्ससहितका शक्तिशाली ३० वटा देश सदस्य रहेका छन् ।
- नेटो सदस्यमा कुनै देशमा आक्रमण भएमा सबै देशले संयुक्त प्रतिरोध गर्ने नीति रहेको छ ।