Lesson : अन्तराष्ट्रिय समसामयिक
रुसमा गाभिए युक्रेनका चार क्षेत्र
युक्रेनका ४ वटा भू–भाग रुसमा गाभिएकाे पुटिनकाे घाेषणा
- कहिले ? : ३० सेप्टेम्बर २०२२
- गाभिएका क्षेत्रहरु :
- लुहान्स्क,
- डोनेत्स्क,
- जापोरिजिया र
- खेहर्सन
- यी चार क्षेत्रमा रुसमा गाभिने वा युक्रेनमै रहने विषयमा जनमतसंग्रह : २३ - २७ सेप्टेम्बर २०२२
- जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीहरूले दाबी गरेका थिए,
- सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि युक्रेन देशको रूपमा उदाएको थियो ।
- २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीच सात महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।