Lesson : अन्तराष्ट्रिय समसामयिक
बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमाको पहिचान
बृहस्पति ग्रहका थप १२ वटा चन्द्रमाको पहिचान भएको छ
- पत्ता लगाउने निकाय : इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टर (एमपीसी)
- बृहस्पति ग्रहका जम्मा उपग्रह : ९२ वटा
- सन् २०२१ र २०२२ मा गरिएको खोजका आधारमा बृहस्पतिमा ती उपग्रहको पहिचान भएका हुन् ।
- आयो, युरोपा, ग्यानिमिड र कालिस्टो बृहस्पतिलाई परिक्रमा गर्ने ठूला चन्द्रमा हुन् जसलाई पहिलो पटक ग्यालिलियो ग्यालिलीले सन् १६१० मा पत्ता लगाएका थिए ।
- तयसपछि सन् १८९२ पछि बृहस्पतिका अन्य चन्द्रमाहरू पत्ता लागेका थिए ।
ग्रह र चन्द्रको संख्या :
- बुध : ०
- शुक्र : ०
- पृथ्वी : १
- मंगल : २
- वृहस्पति : ९२
- शनि : ८३
- अरुण : २७
- वरुण : १४