Lesson : अन्तराष्ट्रिय समसामयिक
फिनल्याण्ड बन्यो नेटो सदस्य राष्ट्र
फिनल्याण्ड बन्यो नेटो सदस्य राष्ट्र बनेको छ
- कहिले ? : ४ अप्रिल २०२३
- कति औं सदस्य ? : ३१ औं सदस्य
- रुसले युक्रेनमा आक्रमण गरे संगै सैनिक असंलग्नताको नीति लिएको युक्रेन नेटो प्रवेश गरेको हो,
नेटो के हो ?
- NATO : North Atlantic Treaty Organization
- स्थापना : ४ अप्रिल १९४९
- हाल सदस्य संख्या : ३१ (फिनल्याण्ड अन्तिम)
- मुख्यालय : ब्रसेल्स, बेल्जियम
- हाल महासचिव : जेन्स स्टोटेन्वर्ग
- उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो एउटा सैन्य गठबन्धन हो जुन सन् १९४९ मा १२ देश मिलेर गठन गरेका थिए।
- ती देशमा बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटली, लक्जेमबर्ग, द नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, यूके र अमेरिका रहेका थिए।
- कुनै एक सदस्य राष्ट्रविरुद्ध सशस्त्र हमला भए एकअर्काको सहायता गर्ने सहमति यी सदस्य राष्ट्रहरूले गरेका थिए।