Lesson : राष्ट्रिय समसामयिक
प्रदेश १ लाई साक्षर प्रदेश घोषणा
प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ
- कहिले ? : २०७९ भदौ २३ गते
- अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरेका हुन्,
- प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो ।
- प्रदेशको कूल ९६.७४ प्रतिशत साक्षर दर रहेको छ
- १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए जिल्लालाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति रहेको छ
साक्षर घोषणा गरिएका पछिल्ला जिल्लाहरु :
- ६१ औं - बाँके (२०७९ असार ३२)
- ६० औं - बाजुरा (२०७९ असार ३०)
- ५९ औं - कैलाली ( (२०७९ असार २९ )
- ५८ औं - सोलुखुम्बु (२०७९ असार २६)
- ५७ औं - बझांग (२०७९ असार ७)
- पहिलो साक्षर जिल्ला : सिन्धुपाल्चोक (२०७१ असार २)
- पूर्ण साक्षर प्रदेश :
- वागमती : २०७८ असौज ११
- गण्डकी : २०७८ असौज २४
- प्रदेश न १ : २०७९ भदौ २३
- हालसम्म कुनै जिल्ला साक्षर घोषणा नभएको प्रदेश : मधेश प्रदेश