Lesson : राष्ट्रिय समसामयिक
प्रतिनिधिसभाको कार्यकाल समाप्त
२०७२ को नयाँ संविधान पछिको पहिलो प्रतिनिधिसभाको कार्यकाल सकिएको छ
- कहिले ? : २०७९ असोज १
- २०७९ असोज १ गते यो प्रतिनिधिसभाको अन्तिम बैठक बसेको थियो
- यद्यपी प्रतिनिधि सभाको कार्यकाल कहिले सकिन्छ भन्नेमा भने कानुनमा स्पष्ट व्यवस्था गरिएको छैन
- संविधान अनुसार प्रतिनिधिसभाको कार्यकाल ५ बर्षको हुने उल्लेख छ
- ०७२ मा संविधान निर्माणपछि १० र २१ मंसिर ०७४ मा दुई चरणमा प्रतिनिधिसभा निर्वाचन भएको थियो ।
- प्रतिनिधिसभाको पहिलो बैठक २०७४ फागुन २१ गते बसेको थियो
- प्रतिनिधिसभाको यो कार्यकालका सभामुख :
- कृष्ण बहादुर महरा (२०७४ फागुन २६ - २०७६ असौज १४ )
- अग्नि प्रसाद सापकोटा (२०७६ माघ १२ - २०७९ असौज १ )
प्रतिनिधि सभा :
- नेपालको प्रतिनिधि सभामा २७५ सदस्य रहने व्यवस्था छ
- जसमध्ये १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था छ