Lesson : राष्ट्रिय समसामयिक
दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलन सम्पन्न
दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलन सम्पन्न भएको छ
- कहिले ? : २०७९ असोज ४ र ५ गते
- आयोजना स्थल : मुस्ताङ, नेपाल
- आयोजक : वन तथा वातावरण मन्त्रालय, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), यूएनडीपी, डब्लूडब्लूएफ नेपाल र किर्डाक
- सन्दर्भ : पर्वतीय क्षेत्रका मुद्दाहरुलाई अन्तर्राष्ट्रिय बहसको विषय बनाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी २७ औं राष्ट्रसंघीय सम्मेलन (कोप–२७) अघि मुस्ताङ पर्वतीय सम्मेलन गरिएको हो
- उपलब्धि : दिगो पर्वतीय सोलुसनसम्बन्धी मुस्ताङ घोषणापत्र जारी गर्दै सम्मेलनले एचकेएचअन्तर्गत पर्ने आठ मुलुकहरु नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानका मन्त्रीहरु रहने गरी परिषद् बनाउन सुझाव ।
- अहिले जलवायु परिवर्तनका कारण समस्या व्यहोरिरहेका अति कम विकसित मुलुकहरु (एलडीसी)को समेत समूह बनाइएको छ ।
- त्यसमा नेपालसहित ४६ वटा मुलुक सदस्य छन् ।