Lesson : राष्ट्रिय समसामयिक
नेपाल सम्वत् ११४३ को सुरुवात
नेपाल सम्वत् ११४३ मनाइएको छ
- कहिले ? : २०७९ कार्तिक शुक्ल प्रतिपदाको दिन (कार्तिक ९)
- यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
- राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए ।
- २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।
- त्यस्तै विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
- शुक्ल प्रतिपदाको दिन म्हः पुजा समेत मनाउने गरिन्छ