Lesson : राष्ट्रिय समसामयिक
रिहा भए चार्ल्स शोभराज (विकिनी किलर)
विकिनी किलरका रुपमा चर्चित चार्ल्स शोभराज जेल मुक्त भएका छन्
- कहिले ? : २०७९ पुष ८
- अदालतले थुनामुक्त गर्न आदेश दिएको : २०७९ पुष ६ गते
को हुन् चार्ल्स शोभराज ?
- शोभराज फ्रान्सेली नागरिक हुन् ,
- उनको पुरा नाम : चार्ल्स गुरुमुख शोभराज होटचन्द भवानी हो ,
- उनले सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानस्थान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार रहेका थिए ।
- नेपालमा उनले २१ डिसेम्बर १९७५ र २३ डिसेम्बर १९७५ मा भक्तपुरमा विदेशी आरमण्ड लरेन्ट क्यारियरे र कोनिजो ब्रान्ची महिलाको हत्या गरेका थिए
- उक्त हत्या अभियोगमा २०६१ साउन २८ गते सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो,
- त्यसपछि उनि केन्द्रीय कारागारमा जेल जीवन विताउदै आएका थिए ,
- २०७९ पुष ६ गते १९ बर्ष २ महिना जेल भुक्तान गरेपछि सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो