Lesson : राष्ट्रिय समसामयिक
पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त
पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन्
- नियुक्ति मिति : २०७९ पुष १०
- सपथ ग्रहण तथा कार्यभार सम्हालेको मिति : २०७९ पुष ११
- प्रतिनिधि सभाको निर्वाचन २०७९ को परिणाम पश्चात राष्ट्रपतिले सरकार गठनको लागि प्रस्ताव मागेपछि नयाँ राजनीतिक समीकरण निर्माण भएको हो ,
- पुष्पकमल दाहाल माओवादी सहित, एमाले , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी , जनता समाजवादी पार्टी , जनमत पार्टी र केहि स्वतन्त्र सांसद ले समर्थन गरेका छन्
- नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार यो सरकार गठन भएको हो
८ सदस्यीय मन्त्रिपरिषद घोषणा :
- प्रधानमनत्री पुष्पकमल दाहालले सपथ कार्यक्रममा देहायको मन्त्रीमंडल घोषणा गरेका छन्
- प्रधानमनत्री : पुष्पकमल दाहाल 'प्रचण्ड'
- उपप्रधानमन्त्रि : विष्णु पौडेल (अर्थ)
- उपप्रधानमन्त्रि : नारायण काजि श्रेष्ठ (भौतिक पूर्वाधार )
- उपप्रधानमन्त्रि : रवी लामिछाने (गृह)
- मन्त्रि : ज्वालाकुमारी साह,
- मन्त्रि : दामोदर भण्डारी,
- मन्त्रि : राजेन्द्र राई र
- मन्त्रि : अब्दुल खान