Lesson : राष्ट्रिय समसामयिक
कर्णालीमा मनाइयो छोरातिहार
कर्णालीमा छोरातिहार मनाइएको छ
- कहिले मनाइन्छ ? : प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन
- कहाँ मनाइन्छ ? : कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा
- कसरी मनाइन्छ ? : छोराहरूले आमाको हातबाट टीका थाप्ने प्रचलन रहेको छ। भाइटीकाजस्तै छोरातिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा फूलको माला लगाइदिएर सगुनको रूपमा घरमा बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकार खुवाउने प्रचलन छ।
- टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति, दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिइन्छ। छोराले पनि आमाको हातबाट टीका र आशीर्वादपछि दक्षिणाको रूपमा सक्दो पैसा, धोतीचोलीजस्ता कोसेली दिएर गोडामा ढोग्ने चलन छ।