Lesson : राष्ट्रिय समसामयिक
पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
नेपालको तेस्रो अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ
- कहिले ? : २०७९ पुष १७
- उद्घाटन : प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' द्वारा गरिएको
- पोखरा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको मिति : २०७८ चैत्र १२
- पोखरा विमानस्थलमा यान्त्रिक परीक्षण : २०७९ मङ्सिर ५ देखि १२ गते
- यान्त्रिक परिक्षण गर्ने विमान : थाइल्याण्डको एरो थाई कम्पनीको विमान
- चिनिया परराष्ट्रमन्त्रि वाङ यी ले नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए
- यो विमानस्थल चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको छ,
- यसका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो ।
- विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणको ४१ वर्षपछि १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो।
- निर्माणको काम १८ साउन ०७४ बाट सुरु गरिएको थियो।
- चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि निर्माण कार्य अघि बढाइएको थियो ।
- सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण ढिलाई भएको थियो ,