Lesson : राष्ट्रिय समसामयिक
पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना
यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ
- कहिले ? : २०७९ माघ १ (बिहान १०:५०)
- जहाजका क्याप्टेन : कमल केसी
- जहाज काठमाडौँ बाट पोखराको उडानमा रहेको थियो
- चालक दल सहित ७२ जना सवार जहाज पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको हो
- दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता छन्
- दुर्घटनाको शोकमा सरकारले २०७९ माघ २ गते सरकारले राष्ट्रिय झण्डा आधा झुकाई सार्वजनिक विदा दिएको छ
- यहि विमानले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा डेमो उडान समेत गरेको थियो
- मानवीय क्षतिका हिसाबले यो सबैभन्दा ठूलो आन्तरिक हवाई दुर्घटना हो भने आन्तरिकतर्फ ५० औँ दुर्घटना हो ।