Lesson : राष्ट्रिय समसामयिक
नया बर्ष २०८० , मनाइयो विभिन्न पर्वहरु
नया बर्षको उपलक्षमा विभिन्न चाडपर्व मनाइएको छ
- सिरुवा पर्व :
- पूर्वी तराईका विभिन्न ठाउँमा मनाइने
- नववर्षको पहिलो दिन सतुवाइन र दोस्रो दिनलाई सिरुवा अर्थात् जुडशीतलका रूपमा मनाउने गरिन्छ ।
- तराईमा बस्ने आदिवासी राजवंशी, थारु, कोचे, मेचे, उराँव, किसान, धिमाल, ताजपुरिया, गनगाँई र माझी समुदायले सिरुवा पर्व मनाउने गर्छन् ।
- यो पर्वलाई समय परिवर्तनको सङ्केतको रुपमा पनि मनाउने गरिन्छ।
- यो पर्वमा पानीको बढीभन्दा बढी प्रयोग हुने गरेकाले पानीले शीतलता दिन्छ भन्ने मान्यताका साथ यस पर्वलाई जुडशीतल पनि भन्ने गरिन्छ ।
- बिसु पर्व :
- याँ वर्षको पहिलो दिनलाई सुदूरपश्चिमेलीले बिसु पर्वका रुपमा मनाउने गरेका छन् ।
- सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलिकताअनुसार बिसु पर्व मनाइने गरिन्छ
- सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर बिसु पर्व मनाउने गरिएको छ ।
- देवर र भाउजु तथा साली र भिनाजुले एकापसमा सिस्नो लगाएर पनि नयाँ वर्ष तथा बिसु पर्व मनाउने गरेका छन् ।