Lesson : राष्ट्रिय समसामयिक
आर्थिक वृद्धिदर १ .८६ प्रतिशतमा सीमित रहने अनुमान
नेपालको आ.व. २०७९/८० को आर्थिक वृद्धिदर १ .८६ प्रतिशतमा सीमित रहने अनुमान : राष्ट्रिय तथ्यांक कार्यालय
- सार्वजनिक मिति : २०८० बैशाख १९
आ.व. २०७९/८० मा केही प्रमुख आर्थिक सूचकहरूको अवस्था (Key macroeconomic indicators)
- कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (Growth rate) उपभोक्ताको मूल्यमा १.८६ % ।
- कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (Growth rate) आधारभूत मूल्यमा २.१६ % ।
- चालु मूल्य अनुसार कुल उत्पादन (Gross output) आधारभूत मूल्यमा रु. ८० खर्व ९० अरब ६७ करोड ।
- चालु मूल्य अनुसार कुल मध्यवर्ती उपभोग (Intermediate consumption) उपभोक्ताको मूल्यमा रु. ३३ खर्व ९४ अरब १७ करोड ।
- चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन (GDP) आधारभूत मूल्यमा रु. ४६ खर्व ९६ अरब ४९ करोड ।
- चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५३ खर्व ८१ अरब ३४ करोड ।
- चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण (Gross fixed capital formation) रु. १३ खर्व ५६ अरब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ %)।
- चालु मूल्यमा अन्तिम उपभोग खर्च (Final consumption expenditure) रु. ५० खर्व ३६ अरब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ %)।
- चालु मूल्यमा वस्तु तथा सेवा निर्यात (Export) रु. ३ खर्व ८५ अरब ११ करोड (कुल गार्हस्थ्य उत्पादनको ७.१६ %) ।
- चालु मूल्यमा वस्तु तथा सेवा अयात (Import) रु. १९ खर्व ६४ अरब ३३ करोड (कुल गार्हस्थ्य उत्पादनको ३६.५ %) ।
- चालु मूल्यमा कुल राष्ट्रिय वचत (Gross national saving) कुल गार्हस्थ्य उत्पादनको ३१.६६ % ।
- विप्रेषण रु. १२ खर्व ३१ अरब ७३ करोड (कुल गार्हस्थ्य उत्पादनको २२.८९ %) ।
- प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन रु १,८२,६८३ अर्थात १,३९९ यु.एस डलर ।
- प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन रु १,८४,१४० अर्थात १,४१० यु.एस डलर ।