Lesson : राष्ट्रिय समसामयिक
‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन
‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन भएको छ
- निधन मिति : २०८० बैशाख २७
- २०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते हुनुभएको थियो ।
- गोली लाग्दा १४ वर्ष उमेरका मुकेश करिब १७ वर्षदेखि जिउँदो सहिदका रुपमा थिए । गोलीका कारण पक्षघात भएका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
- सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।
- मुकेशलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजक रहेको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्यांकन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।