Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक
राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक पोखरामा सम्पन्न भएको छ
- कहिले ? : २०८० असार १६ गते
- बैठकको अध्यक्षता : प्रधानमन्त्री पुष्पकमल दाहाल
- संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन–२०७७ अनुसार गठित समितिको यो पहिलो बैठक रहेको छ
- संघीयता आएको ८ वर्षपछि तीनै तहका प्रतिनिधिबीच संघीयता कार्यान्वयनमा देखिएका जटिलताबारे छलफल भएको
राष्ट्रिय समन्वय परिषद्
- संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन–२०७७ मा प्रधानमन्त्रीको अध्यक्षतामा २० सदस्यीय राष्ट्रिय समन्वय परिषद् गठन हुने व्यवस्था छ
- ऐनमा प्रधानमन्त्रीको अध्यक्षतामा २० सदस्यीय राष्ट्रिय समन्वय परिषद् गठन हुने व्यवस्था छ ।
- परिषद्मा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभाका विपक्षी दलको नेता वा निजले तोकेको संघीय संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट ७ जना सदस्य रहन्छन् ।
अन्तर प्रदेश परिषद्
- अन्तर प्रदेश परिषद् पनि प्रदेश र संघबिचको राजनीतिक विवाद समाधानको संयन्त्र हो,
- यसको बैठक हालसम्म ३ पटक बसेको छ
- पहिलो बैठक : २०७५ मंसिर २३ र २४ गते
- दोस्रो बैठक : २०७५ पुस ३
- तेस्रो बैठक : २०७६ वैशाख १३