Lesson : राष्ट्रिय समसामयिक
रेल सेवा महोत्तरीको भंगहा सम्म विस्तार
रेल सेवा भारतको जयनगर देखि महोत्तरीको भंगहा सम्म विस्तार भएको छ
- कहिले ? : २०८० असार ३१
- अब नेपालको रेलमार्ग : जयनगर (भारत) - भंगहा, बिजलपुरा (महोत्तरी)
- रेलमार्गको लम्बाई : ५२ किमी
- यस अघि जयनगर देखि कुर्था (धनुषा) सम्मको ३५ किमी खण्डमा मात्र रेल सेवा संचालनमा रहेको थियो
जयनगर–जनकपुर रेलबारे थप जानकारी
- जयनगरदेखि बर्दिवाससम्म ६८.७२ कि मि मध्य अब बिजलपुरा सम्म (५२ किमी) मात्रै रेल संचालन हुनेछ ,
- जयनगर - कुर्था ट्रयाकको लम्बाई ३४.९ किमी रहेको छ
- जयनगर -कुर्था रेल ट्रयाक नेपाललाई हस्तान्तरण : २०७८ कार्तिक ५
- नेपाल–भारत रेल सेवा सम्झौता संशोधन : २०७८ असार २५
- रेल खरिदसम्बन्धी सम्झौता : २०७६ वैशाख २७