Lesson : अन्तराष्ट्रिय समसामयिक
भारतद्वारा सौर्य मिसनको सफल प्रक्षेपण
भारतले आफ्नो पहिलो सौर्य मिसनको सफल प्रक्षेपण गरेको छ
- कहिले ? : २ सेप्टेम्बर २०२३ (२०८० भदौ १६)
- मिसनको नाम : आदित्य एल १ (Aditya L1)
- प्रक्षेपण गर्ने निकाय : इसरो (ISRO)
- ISRO : Indian Space Research Organisation (ISRO)
- ISRO को स्थापना : १५ अगस्त १९५९
आदित्य L 1 बारेमा जानकारी :
- भारतको पहिलो सौर्य मिसन
- श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको
- अन्तरिक्षमा यान पुग्ने स्थान : Lagrange Point ( लेगरञ्ज प्वाइन्ट)
- लेगरञ्ज प्वाइन्ट : जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुन्छ
- इन्धन खपत कम गर्न अन्तरिक्षमा यी बिन्दुहरू अन्तरिक्ष यान द्वारा प्रयोग गर्ने गरिन्छ
- यो ठाउँको नाम फ्रान्सेली गणितज्ञ जोसेफ लुइस लेगरञ्जको नामबाट राखिएको हो । उनले १८ औं शताब्दीमा यो विन्दुको बारेमा खोज गरेका थिए ।
- आदित्य –एल १ लेगरञ्ज प्वाइन्टमा पुगेमा यसले सूर्यको सबभन्दा बाहिरी सतहको कामको अध्ययन गर्नेछ ।
- यो मिसनले दिने जानकारीबाट सूर्यका बारेमा मानव समुदायको बुझाइ अझ राम्रो बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ
चित्र : लेगरञ्ज प्वाइन्टहरु , स्रोत : NASA