Lesson : राष्ट्रिय समसामयिक
सिंजा गाउँपालिकाले सार्वजनिक गर्याे खस पात्रो
सिंजा गाउँपालिकाले खस पात्रो सार्वजनिक गरेको छ
- कहिले ? : २०८० भदौ १९
- जुम्लाको सिंजा गाउँपालिकाले पहिलोपटक यस्तो पात्रो सार्वजनिक गरेको हो
- सिंजा खस भाषाको उद्गम स्थान मानिन्छ
- गाउँपालिकाले सार्वजनिक गरेको खसपात्रोमा महिनालाई वैशाख, जेठ, आषाढ, साउन, भदुव (भदौ), असोज, कात्तिक, मुंसिर (मङ्सिर), पुस, माग (माघ), फागुन र चईत राखिएको छ ।
- पात्रोमा बारहरू आइतबार, सुमबार, माङ्लबार, बुधबार, बिहीबार, सुकबार र छुन्चरबार कायम गरिएको छ ।