Lesson : दिवस र नाराहरु
५७ औं अन्तराष्ट्रिय साक्षरता दिवस २०२३
५७ औं अन्तराष्ट्रिय साक्षरता दिवस २०२३ मनाइएको छ !
- कहिले ? : हरेक बर्ष सेप्टेम्बर ८
- २०२३ को राष्ट्रिय नारा : "दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि, साक्षरताको प्रवर्द्धन"
- २०२३ को अन्तराष्ट्रिय नारा : 'Promoting literacy for a world in transition: Building the foundation for sustainable and peaceful societies.'
- नेपालमा तत्कालिन राजा विरेन्द्रले विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिन देखी हरेक वर्ष फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइदै आएको थियो भने
- गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय शाक्षरता दिवसकै दिनमा मनाउन थालिएको थियो ।
- अब भने हरेक बर्ष असौज २ मा राष्ट्रिय शिक्षा दिवस मनाइने
- २०८० असौज २ मा मनाइने राष्ट्रिय शिक्षा दिवसको नारा : “समावेशी र सिपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा ”