Lesson : दिवस र नाराहरु
संविधान दिवस २०८०
नवौं संविधान दिवस २०८० मनाइएको छ
- कहिले ? : २०८० आश्विन ३
- हरेक बर्षको असौज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ
- २०७२ असोज ३ गते संघीय गणतान्त्रिक मुलुकको नयाँ संविधान जारी भएको उपलक्ष्यमा यो दिवस मनाउने गरिन्छ
नेपालको संविधानको संसोधन सम्बन्धि घटनाक्रमहरु :
संसदमा दोस्रो संसोधन प्रस्ताव दर्ता :
- दर्ता मिति : २०७७ जेठ ९ गते
- कानुनमन्त्रि शिवमाया तुम्बाहाम्फे द्वारा प्रतिनिधि सभामा प्रस्ताव दर्ता गरिएको
- संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गरिएको हो ,
- नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशित भए संगै निशान छापमा भएको नक्सा समेत परिवर्तन गर्नुपर्ने भएकोले संविधान संसोधन गर्नुपरेको हो,
संसदमा संसोधन प्रस्ताव पेश :
- २०७७ जेठ १८ गते प्रतिनिधि सभामा प्रस्ताव पेश भएको
प्रतिनिधि सभाबाट पारीत :
- पारित मिति : २०७७ जेठ ३१ गते
- पक्षमा खसेको मत : २५८ मत
राष्ट्रिय सभाबाट पारीत :
- पारित मिति २०७७ असार ४ ,
- प्राप्त मत : सर्वसम्मत
प्रमाणीकरण भै लागु भएको मिति : २०७७ असार ४
पहिलो संसोधन
- यस अघि २०७२ माघ ९ गते पहिलो संसोधन संसदबाट पारीत भएको थियो ,
- उक्त संसोधन २०७२ फागुन १६ गते प्रमाणीकरण भै लागु भएको थियो
- पहिलो संसोधनले धारा ४२ को उपधारा १ र धारा २८६ को उपधारा १(५) लाइ संसोधन गरेको थियो