Lesson : राष्ट्रिय समसामयिक
प्रधानमन्त्रीको चीन भ्रमण : नेपाल-चीनबीच १३ बुँदे सम्झाैता
प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाल-चीनबीच १३ बुँदे सम्झाैता भएको छ
- चीन भ्रमण : २०८० असोज ६ देखि १३ गते सम्म
- नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका प्रधानमन्त्री ली छ्याङबीच २५ सेप्टेम्बर २०२३ मा भेटबार्ता भएको थियो
- उक्त भेटपछि विभिन्न विषयमा सम्झौता भएको हो
नेपाल - चीनबीच भएका १३ सम्झौता :
१) भएका सम्झौताको कार्यान्वयनमा जोड
२) नेपाल ‘ताइवानको स्वतन्त्रता’ विरुद्ध
- यसपटक जारी गरिएको संयुक्त विज्ञप्तिमा ताइवानलाई विशेष प्राथमिकता दिइएको छ ।
- सम्भवतः संयुक्त विज्ञप्तिमा नेपाल पहिलो पटक ‘ताइवानको स्वतन्त्रता’ को विरुद्धमा उभिएको छ ।
३) बीआरआई कार्यान्वयन योजनालाई अन्तिम रुप दिने
- संयुक्त विज्ञप्तिमा नेपाल र चीनले छिट्टै बेल्ट एण्ड रोड इनिर्सिटिभ (बीआरआई) कार्यान्वयन योजनालाई अन्तिम रुप दिने प्रतिवद्धता जनाएका छन् ।
- नेपाल र चीनबीच सन् २०१७ मे १२ मा चीनको महत्वकांक्षी योजना बीआरआई सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
४) दुईवटा बन्दरगाह चाँडै खोलिने
- संयुक्त विज्ञप्तिअनुसार नेपाल र चीन नयाँ दुईवटा बन्दरगाह चाँडै खोल्न सहमत भएका छन् ।
- नयाँ बन्दरगाहमा चेन्ताङ–किमाथाङ्का र रिवु–ओलाङचुङ्गोला रहेका छन् ।
५) टोखा–छहरे सुरुङ मार्ग/ क्रस–बोर्डर रेलवे
संयुक्त विज्ञप्तिमा यसपटक पनि टोखा–छहरे सुरुङ मार्ग र क्रस–बोर्डर रेलवेलाई समेटिएको छ ।
६) रसुवागढी–केरुङ २२० केभी क्षमताको प्रसारणलाइन निर्माण
नेपाल र चीन दुवै पक्षले ऊर्जाको क्षेत्रमा विशेष गरी जलविद्युत, सीमापार प्रसारण लाइन र सम्बद्ध सब–स्टेसनको निर्माण कार्यलाई बढावा दिनेमा सहमति भएको छ ।
७) चीनबाट विद्युत् आयात
नेपालको उत्तरी दुर्गम गाउँहरुमा रहेको विद्युतको आवश्यकता पूर्ति गर्न चीनबाट विद्युत् आयात गर्ने विषयलाई पनि समेटिएको छ ।
८) कृषि औद्योगिक प्रदर्शनी पार्क
नेपाल र चीन कृषि क्षेत्रको सहकार्यलाई थप प्रवद्र्धन गर्न संयुक्त रुपमा कृषि औद्योगित प्रदर्शनी पार्क निर्माण गर्नेमा सहमत भएका छन् ।
९) भैंसीको मासु चीनमा निर्यात
- चीन नेपालबाट भैंसीको मासु आयात गर्न तयार भएको विज्ञप्तिमा उल्लेख छ ।
- चीनको भन्सार सम्बन्धी सामान्य प्रशासन कार्यालय र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच उक्त सहमति भएको हो ।
- नेपालबाट पकाएको भैंसीको मासु आयात गर्ने स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन तयार भएको विज्ञप्तिमा उल्लेख छ ।
यसले नेपालको व्यापार घाटा कम गर्ने विश्वास नेपाल र चीनले व्यक्त गरेका छन् ।
१०) सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा
- नेपालमा पर्यटक पठाउन चीनले सहयोग गर्ने जनाइएको छ ।
- यसको लागि सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गर्न दुर्व देश सहमत भएका छन् ।
११) चीनलाई उपहारस्वरुप एकजोडी एकसिंगे गैँडा
१२) चिनियाँ भाषाका शिक्षक नेपाल पठाइने
१३) ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालको समर्थन
- चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)लाई नेपालले समर्थन गरेको छ ।