Lesson : खेलकुद
एसियाडको क्रिकेटमा नेपालले बनायो विभिन्न विश्वकिर्तिमान
एसियाड २०२३ मा मंगोलिया विरुद्धको क्रिकेट खेलमा नेपालले विभिन्न विश्वकिर्तिमान बनाएको छ
- खेल मिति : २७ सेप्टेम्बर २०२३ (१० असौज २०८०)
- प्रतियोगिता : एसियाली खेलकुद प्रतियोगिता २०२३
- प्रतिद्वन्दी : मंगोलिया
- नेपालको प्रदर्शन : २७३ रनले नेपाल विजयी
यस खेलमा नेपालले बनाएका विश्वकीर्तिमान
- सर्वाधिक फराकिलो जित : नेपाल २६३ रनले विजयी (यस अघि T20 प्रतियोगितामा यो रेकर्ड चेक रिपब्लिकले टर्कीलाई २५७ रनले हराएर बनाएको थियो)
- T20 मा सर्वाधिक ठुलो योगफल : नेपालले ३१४ रन बनाइ ३१५ रनको लक्ष्य दिएको (यस अघि अफगानिस्तानले आयरल्यान्डसँगको खेलमा २७८ रन बनाएको थियो)
- सर्वाधिक छिटो सतक : नेपालका कुशल मल्लले ३४ बलमा साताक पुरा गरेका (यस अघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए)
- सर्वाधिक छिटो अर्धसतक : नेपालका दिपेन्द्र सिंह ऐरीले ९ बलमा अर्धसतक पुरा गरेका (यस अघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक पुरा गरेका थिए)
- तेस्रो नम्बरका खेलाडीद्वारा सर्वाधिक रन : कुशलमल्लले तेस्रो नम्बरमा ब्याटिंग गर्दै १३७ रन बनाएका , टी–२० मा चौथो नम्बरमा यति ठूलो स्कोर कुनै ब्याट्सम्यानले बनाउन सकेका थिएनन् ।
- चौथो विकेटका लागि सर्वाधिक ठुलो साझेदारी : कुशल मल्ल र रोहित पौडेलबीच एक सय ९३ रनको साझेदारी भएको (यस अघि न्यूजिल्यान्डका डीपी कोनवे र जिडी फिलिप्सले १८४ रनको साझेदारी गरेका थिए )
- सर्वाधिक छक्का : नेपालले २६ छक्का प्रहार गरेको ( टि -20 क्रिकेटमा कुनै एक टिमले हालसम्म २२ छक्का मात्र प्रहार गर्न सकेका थिए, सन् २०१९ मा आयरल्यान्डलाई अफगानिस्तानले २२ छक्का हानेको थियो । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई सन् २०२३ मा २२ छक्का हानेको थियो )