Lesson : दिवस र नाराहरु
राष्ट्रिय कफी दिवस २०८१ 🆕
२० औं राष्ट्रिय कफी दिवस २०८१ मनाइएको छ !
- कहिले ? : २०८१ मङ्सिर १ गते
- २०८१ को नारा : नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता
- वि स २०६२ देखि हरेक बर्षको मङ्सिर १ गते राष्ट्रिय कफी दिवस मनाउने गरिन्छ
- वि.सं. १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ ।
- कुल उत्पादनको २५ प्रतिशत कफी निर्यात हुँदै आएको छ।
- विश्वमा कफी खेतीको सुरुवात इथियोपिया बाट भएको हो । इथियोपियालाई विश्वको कफीको घर भनेर पनि चिनिन्छ
- प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कफी सुपर जोन घोषणा भएका जिल्ला : गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा
- नेपालको कफी सर्वप्रथम निर्यात गरिएको देश नेदरल्यान्ड (आ.व. २०५२/५३) हो ।