Lesson : दिवस र नाराहरु
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान 🆕
यो बर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ !
- अभियान अवधि : २५ नोभेम्बर - १० डिसेम्बर २०२४ (१०-२५ मङ्सिर २०८१)
- नारा :
- राष्ट्रिय : 'हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता'
- अन्तराष्ट्रीय : 'Towards 30 years of Beijing declaration and platform for action: Unite to end violence against women'
- महिला हिंसा विरुद्धको दिवस (२५ नोभेम्बर) देखि अन्तराष्ट्रिय मानव अधिकार दिवस (डिसेम्बर १०) सम्मको १६ दिनको अवधिमा यो अभियान विश्वभर मनाउने गरिन्छ
- Women's Global Leadership Institute को अगुवाईमा सन् १९९१ देखि यो अभियान सुरु भएको हो
- नेपालमा वि.स. २०५४ सालदेखि यो अभियान संचालन गर्दै आइएको छ
- नेपाल सरकारको २०७५ मङ्सिर २ गते हरेक बर्षको मङ्सिर ९ गतेलाई महिला हिंसा विरुद्धको अभियान दिवसका रुपमा मनाउने निर्णय गरिएको थियो ,
- त्यस्तै सरकारको २०७६ जेठ ६ गतेको निर्णय अनुसार २०७६ साललाई लैंगिक हिंसा विरुद्धको अभियान बर्षका रुपमा मनाइएको थियो