Lesson : अन्तराष्ट्रिय समसामयिक
पहिलोपटक 'नाइट्रोजन ग्यास' प्रयोग गरी मृत्युदण्ड 🆕
अमेरिकामा पहिलोपटक 'नाइट्रोजन ग्यास' प्रयोग गरी मृत्युदण्ड दिइएको छ
- कहिले ? : २५ जनवरी २०२४ (२०८० माघ ११)
- मृत्युदण्ड दिइएका व्यक्ति : कनिथ युजिन स्मिथ
- मृत्युदण्ड दिँदा शुद्ध नाइट्रोजनको प्रयोग विश्वमै पहिलोपटक भएको हो
अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले सन् २०२२ मा सार्वजनिक तथ्यांक अनुसार,
- ५५ देशमा मृत्युदण्ड दिइन्छ
- ति मध्ये ९ देशले धेरैको हत्या वा युद्ध अपराध जस्ता एकदमै जघन्य अपराधमा मात्र मृत्युदण्ड दिन्छन
- ५५ मध्ये २३ देशले गत १० बर्ष देखि मृत्युदण्डको सजाय कार्यान्वयन गरेका छैनन्