Lesson : दिवस र नाराहरु
राष्ट्रिय चिया दिवस २०८१
२८ औं राष्ट्रिय चिया दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ बैशाख १५ गते
- २०८१ को नारा : ‘कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’
- २०८० को नारा : ‘गुणस्तर निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौं ’
- आर्थिक बर्ष २०७९/८० मा नेपालबाट ३ अर्ब ९३ करोड ७२ लाख रुपैयाँबराबरको १ करोड ६५ लाख ९४ हजार किलो चिया निर्यात गरेको छ ।
- नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ ।
- वि.सं. १९२०मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएका थिए भनिन्छ।
- सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ ।
- वि.सं. २०१६ सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो ।
- त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो ।
- २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गरेको हो ।