Lesson : राष्ट्रिय समसामयिक
डोल्पामा पहिलोपटक राष्ट्रिय ग्रिडको विद्युत आपूर्ति
डोल्पामा पहिलोपटक राष्ट्रिय ग्रिडको विद्युत जडान गरिएको छ
- संचालन मिति : २०८० बैशाख १४
- रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेकाे मुसिकोट सबस्टेशनबाट डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्याइएकाे छ ।
- अब राष्ट्रिय प्रशारण लाइनको विद्युत पुग्न बाँकी जिल्ला : २ वटा (हुम्ला र मुगु)
- प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआईबी) बाट झन्डै २२ करोड अमेरिकी डलर (झन्डै २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा विद्युतीकरण गरिरहेको छ ।