Lesson : राष्ट्रिय समसामयिक
नेपालमा पुन : मङ्कीपक्स देखियो
नेपालमा पुन : मङ्कीपक्सको संक्रमण पुष्टि भएको छ
- कहिले ? : २०८१ पुष ५
- साउदी अरेबियाबाट फर्किएका एक व्यक्तिमा उक्त संक्रमण पुष्टि भएको हो,
- यस अघि नेपालमा पहिलोपटक २०८० असार १ मा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको थियो
मङ्कीपक्स रोगलाई लिएर WHO द्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
- घोषणा मिति : २०२२ जुलाई २३ (२०७९ श्रावण ७)
मङ्कीपक्स भाइरस के हो ?
- यो एक प्रकारको भाइरस हो
- सर्वप्रथम बाँदरमा सन् १९५८ मा डेनमार्कमा देखिएको
- सन् १९७० कंगोमा मा सर्वप्रथम मानिसमा देखिएको
- सन् २०२२ को प्रकोप सर्वप्रथम २०२२ को मे ६ गते बेलायतमा देखिएको
- हालसम्म ७५ देशमा फैलिसकेको र ५ जनाको मृत्यु भैसकेको
- बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मङ्कीपक्सको सङ्क्रमण हुने गर्छ ।
- सङ्क्रमितमा ज्वरो आउने, जिउ सुन्निने, ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । सङ्क्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् ।