Lesson : दिवस र नाराहरु
२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ 🆕
२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ माघ २
- २०८१ को नारा : भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ
- २०८० को नारा : ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’
- विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा यो दिवस मनाउने गरिन्छ
- २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
नेपालका मुख्य २ भूकम्प
- १९९० माघ २ :
- म्याग्निच्युट : ८.४ रेक्टर स्केल
- केन्द्रविन्दु : संखुवासभाको चैनपुर
- मानवीय क्षति : आठ हजार ५ सय १९ जनाको मृत्यु भएको
- २०७२ बैशाख १२ :
- म्याग्निच्युट : ७.८ रेक्टर स्केल
- केन्द्रविन्दु : गोरखाको बारपाक
- मानवीय क्षति : ८ हजार ६ सय ३३ जनाको मृत्यु