Lesson : अन्तराष्ट्रिय समसामयिक
कोप २९ : बाकु फाइनान्स गोलमा सहमति 🆕
२९ औं कोप (COP) सम्मेलन २०२४ सम्पन्न भएको छ
- सम्मेलन मिति : 11 November – 22 November 2024
- आयोजक : अजरबैजान
- आयोजना स्थल : बाकु
- अध्यक्षता : मुख्तार बाबेव
- सम्मेलनको नारा : ''In Solidarity for a Green World'
- नेपालबाट सहभागी : राष्ट्रपति रामचन्द्र पौडेल
- नेपालको चासो र प्राथमिकता : जलवायु न्याय र क्षतिपूर्तिको लागि पहल
- २८ औं सम्मेलन : युएईको एक्स्पो सिटि (२०२३)
- ३० औं सम्मेलन : ब्राजिलको बेलम (२०२५)
नेपालद्वारा सगरमाथा संवाद संचालन
- सत्रको नाम : ‘माउण्टेन इन पेरिल, एड्रेसिङ लस एण्ड ड्यामेज इन द हिमालय’
- कहिले ? : २०२४ नोभेम्बर १३ (२०८१ कार्तिक २८)
- अध्यक्षता : राष्ट्रपति रामचन्द्र पौडेल
- सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको हो
उपलब्धि :
- बाकु फाइनान्स गोल मा सहमति
- धनी देशहरूले विकासशील देशहरूलाई जलवायु परिवर्तनको तयारी र त्यसको सामना गर्नका लागि वार्षिक ३०० बिलियन अमेरिकी डलर सहयोग गर्ने
- सन् २०३५ सम्म जलवायु वित्तका रूपमा १.३ ट्रिलियन अमेरिकी डलर परिचालन गरिने पनि धनी राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन्