Lesson : अन्तराष्ट्रिय समसामयिक
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० बर्षको उमेरमा निधन भएको छ
- कहिले ? : २०२४ डिसेम्बर २९ (२०८१ पुष १४)
- जिमी कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपतिको कार्यभार सम्हालेका थिए
- कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति बनेका छन्
- राष्ट्रपतिको कार्यकाल पछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवर्द्धन गतिविधिहरूमा समर्पित गरेर सन् १९८२ मा कार्टर फाउन्डेसन स्थापना गरेका थिए ।
- उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए