Lesson : दिवस र नाराहरु
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ 🆕
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ पुष ११
- यो दिवस २०७८ साल देखि मनाउन थालिएको हो
- वि.स. २०८१ को नारा : “सभ्य समाजको आधार; ज्येष्ठ नागरिकमैत्री घरपरिवार”
- विसं २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएकाे हाे ।
- २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई प्रतिमहिना १ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता दिन शुरू गरेको थियो ।
- एक एकसय रुपैयाँबाट शुरु भएको मासिक भत्ता सरकारले अहिले ४ हजार रुपैयाँ पुर्याएको छ ।