Lesson : दिवस र नाराहरु
७२ औं विश्व कुष्ठरोग दिवस २०२५ 🆕
७२ औं विश्व कुष्ठरोग दिवस मनाइएको छ
- कहिले ? : २६ जनवरी २०२५
- हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाइन्छ ।
- राष्ट्रिय नारा : ‘‘विश्व कुष्टरोग दिवस भव्यताका साथ सफल पारौं ,एकताबद्ध भइ कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौं’
- अन्तराष्ट्रिय नारा : "Unite. Act. Eliminate."
- झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही , रौतहट, बारा, पर्सा, परासी, रूपन्देही, बाँके, बर्दिया, कैलाली , कञ्चनपुर र अछाममा कुष्ठरोगका बिरामी छन् ।
- नेपालका १६ जिल्लामा कुष्टरोग निवारण हुन बाँकी छ ।
- आर्थिक वर्ष २०७८/७९को मा कुष्ठरोगका नयाँ बिरामीको संख्या २ हजार २ सय ८५ रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
- कुष्ठराेगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
- वि.स. २०६६ सालमा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो