Lesson : साहित्य, पुरस्कार र सम्मान
नई पुरस्कार
विभिन्न श्रष्टालाई विभिन्न विधामा २०८० को नई पुरस्कार प्रदान गरिने घोषणा भएको छ
नइ देरुनीख प्रदीप्ति पुरस्कार
- कृष्णप्रसाद बस्याल (पाल्पा)
- कविता र निबन्धको सिर्जनाका साथै अनुवाद र सम्पादनमा समेत विशेष योगदान गरेबापत
नइ देरुनीख गौरव पुरस्कार
- धनकुटे कान्छा (झापा)
- काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको सिर्जना र सङ्गठनको संवर्धनमा समर्पित
नइ कपिल शोध पुरस्कार
- ठाकुर शर्मा भण्डारी
- नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि
नइ रामलक्ष्मी पुरस्कार
- रजनी थकाली (पोखरा)
- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको हित, मर्यादा र सङ्गठनमा क्रियाशील र समर्पित रही देशदेशान्तरमा समेत उल्लेखनीय योगदान पुर्याउने
नइ देरुनीख पौरख पुरस्कार
- मनीषा राजवंशी (झापा)
- थाइल्यान्डमा सम्पन्न विश्वका ४४ राष्ट्रका आदिवासी किशोरीको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस हेरिटेज पेटाइट युनिभर्सबाट सर्वोत्कृष्ट घोषित भई नेपालको प्रतिष्ठा बढाएबापत
नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार
- केबी नेपाली (भारत, आसाम)
- नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएबापत
नइ कोइलीदेवी पुरस्कार
- रञ्जित गजमेर (मुम्बई)
- नेपाली गीतको गायनका लागि उच्चस्तरीय सङ्गीत निर्माण गरी देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन क्रियाशील
नइ ईश्वर बराल पुरस्कार
- डा.जीवन नामदुङ (दार्जिलिङ)
- नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत
नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार
- डा.शान्ति क्षेत्री (सिक्किम)
- नेपाली साहित्यमा कविता, निबन्ध, कथा र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण