Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय महिला दिवस २०२५
११५ औं अन्तराष्ट्रिय महिला दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ मार्च ८
- २०२५ को राष्ट्रिय नारा : सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण
- २०२५ अन्तराष्ट्रिय नारा : For ALL women and girls: Rights. Equality. Empowerment
- २०२४ को राष्ट्रिय नारा : महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी
- २०२४ को अन्तराष्ट्रिय नारा : Invest in women : accelerate progress
- यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।
- संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले "विगत मनाउँदै, भविष्यबारे योजना गर्दै" भन्ने विषयलाई आत्मसात् गर्यो।
इतिहाँस
- सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले "रोटी र शान्ति" को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन।
- महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो।
- महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो।
- त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइन्छ।