Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय जनगणना २०७८ का थप तथ्यांक प्रकाशित
राष्ट्रिय जनगणना २०७८ का थप तथ्यांक प्रकाशित गरिएको छ :
- कहिले ? : २०८१ चैत्र १२
- राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ का थप विषयगत तथ्यांक प्रकाशित गरेको छ
नेपालमा प्रजनन स्थिति :
- कोरा जन्मदर (CBR) : १४.२ (प्रति १०००)
- सामान्य प्रजनन दर (GFR) : ५०.२ (प्रति १०००)
- कुल प्रजनन दर (TFR) : १.९४
- शिशु जन्मिदाको लैंगिक अनुपात : ११२
नेपालमा आन्तरिक बसाइसराइ :
- आन्तरिक बसाइसराइ दर : २९.२% (महिला ३८.२ % र पुरुष १९.९%)
- खुद बसाइसराइ सर धनात्मक भएका जिल्ला : १६ वटा
- खुद बसाइसराइ ऋणात्मक भएका जिल्ला : ५८ वटा
- सबैभन्दा बढी बसाइसराइ गरि आएका जिल्ला (प्रापक) : भक्तपुर (१९%), ललितपुर (१४.५%), काठमाडौँ (१४%)
- सबैभन्दा बढी बसाइसराइ गरि गएका जिल्ला : ताप्लेजुङ (१७.४%) र खोटाङ (१७.१%)
नेपालमा बसाइसराइको मुख्य कारण :
- आश्रित : २५.९%
- विवाह : २४.९%
- कामको अवसर : १९.२%
- अध्ययन/तालिम : १४.१%
नेपालको अन्तराष्ट्रिय बसाइसराइको अवस्था :
- प्रवासन दर : ७.५% (प्रति हजारमा)
- खुद प्रवासन दर : -५% (प्रति हजारमा)
जनसांख्यिक लाभांश
- १५ बर्ष मुनिको जनसंख्या : २७.८%
- १५ देखि ६४ बर्ष सम्मको जनसंख्या : ६५.२%
- ६५ बर्ष माथिको जनसंख्या : ६.९%
- जनसांख्यिक लाभांश सूचकांक (DDI) : ७०