Lesson : राष्ट्रिय समसामयिक
बजेट २०८२/८३ को सारांश
बजेट (आ.व. २०८२/८३)
जम्मा बजेट : १९ खर्ब ६४ अर्ब ११ करोड
आ.व. २०८२/८३ मा
आर्थिक वृद्धिदरको लक्ष्य : ६ %
मुद्रास्फितिको
लक्ष्य : ५.५%
खर्च तर्फ :
·
चालु
: ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१%)
·
पुँजीगत
: ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८%)
·
वित्तीय
व्यवस्था : २ खर्ब ७५ अर्ब २४ करोड (१९.१%)
खर्च व्यहोर्ने
स्रोत :
·
राजश्व
: १३ खर्ब १५ अर्ब (६६.९५%)
·
वैदेशिक
ऋण : २ खर्ब ३३ अर्ब ६६ करोड (११.९०%)
·
वैदेशिक
अनुदान : ५३ अर्ब ४५ करोड (२.७२%)
·
आन्तरिक
ऋण : ३ खर्ब ६२ अर्ब (१८.४३%)
वित्तीय हस्तान्तरण :
वित्तीय हस्तान्तरण |
प्रदेश |
स्थानीय तह |
वित्तीय
समानीकरण अनुदान |
६० अर्ब ६६ करोड |
रु. ८८ अर्ब ९७
करोड |
सशर्त अनुदान |
३० अर्ब ३५ करोड |
२ खर्ब ११ अर्ब
४६ करोड |
समपूरक अनुदान |
३ अर्ब २८ करोड |
१० अर्ब ६ करोड |
विशेष अनुदान |
३ अर्ब २७ करोड |
. ९ अर्ब ७८
करोड |
राजस्व वाँडफाँट |
१ खर्ब ६५ अर्ब |
बजेटका उद्देश्य :
(क)उच्च, दिगो एवम् फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी
निवारण गर्ने,
(ख)उद्यमशीलता विकास र सार्वजनिक तथा
निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने,
(ग)आधुनिक प्रविधिको प्रयोग बढाउँदै
आर्थिक दक्षता वृद्धि गर्ने,
(घ)सामाजिक संरक्षण एवम् विकासका
माध्यमबाट सामाजिक न्याय कायम गर्ने र
(ङ)गुणस्तरीय सार्वजनिक सेवा र सुशासन
प्रवर्द्धन गर्ने।
बजेटका प्राथमिकता
(क)उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि,
(ख)प्रतिफलयुक्त गुणस्तरीय भौतिक
पूर्वाधारमा लगानी विस्तार,
(ग)सामाजिक क्षेत्रमा गुणात्मक सुधार,
(घ)सन्तुलित विकास र सामाजिक
सुरक्षाको सुनिश्चितता र
(ङ)नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार।
कृषि :
·
लुम्बिनी,
कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य
तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीवस्तुको खेती
प्रवर्द्धन गरिने
·
खाद्यान्न,
तरकारी, फलफूल, मासु र दूधजन्य पदार्थ बजारमा बिक्री गर्नुपूर्व अनिवार्यरूपमा गुणस्तर
तथा विषादी परीक्षण गर्ने व्यवस्था मिलाइने
·
खोरेत
रोगमुक्त क्षेत्र घोषणाका लागि सिन्धुली र मकवानपुर जिल्लामा जोनिङ्ग तथा
कम्पार्टमेन्टलाइजेशनका कार्यक्रम सञ्चालन गरिने
·
मौसम
पूर्वानुमान, कृषि उपजको मूल्य
र कृषि सामग्रीको उपलब्धताका सम्बन्धमा किसानलाई नियमित सूचना उपलब्ध गराउन ‘किसान
एप‘ को विकास र एसएमएस सेवालाई व्यवस्थित गरिने
·
कृषि
तथा पशुपन्छी विकास मन्त्रालयको लागि रु. ५७ अर्ब ४८ करोड विनियोजन
·
भूमि
व्यवस्था, सहकारी तथा गरिबी
निवारण
·
भूमिसम्बन्धी
कानूनमा संशोधन गरी भूमिहिन दलित, सुकुम्वासी
र अव्यवस्थित बसोबासीको समस्या स्थायीरूपमा समाधान गरिने
·
कृषियोग्य
भूमि बाँझो राख्न नपाइने नीति लिइने
·
भू–सूचना
प्रणालीलाई स्तरोन्नति गरी सबै कार्यालयमा विस्तार गरिने
·
सहकारी
संस्थामा रहेको पाँच लाखसम्मको बचत रकमको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत
निक्षेप सुरक्षण गरिने
·
सहकारी
ऋण असुली न्यायाधिकरण स्थापना गरिने
·
भूमि
व्यवस्था, सहकारी तथा गरिबी
निवारण मन्त्रालयको लागि रु. ७ अर्ब ४९ करोड विनियोजन
उद्योग, व्यापार र लगानी प्रवर्द्धन
·
जेन–जी
पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा
इन्कुवेशन सेन्टर सञ्चालन गरिने
·
‘भगत
सर्वजित उद्यमशीलता विकास कार्यक्रम‘ सञ्चालन गरिने
·
विशेष
आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त
उद्योगलाई शुरूका तीन वर्षको भाडा छुट दिइने
·
काठमाडौँ
उपत्यकामा सञ्चालित उद्योगहरूलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण
गर्न त्यस्ता उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने
·
प्राथमिकता
प्राप्त क्षेत्रका आयोजनाहरूमा लगानी आकर्षित गर्न भायाविलिटी ग्याप फण्डिङ्गको
व्यवस्था गरिने
·
निजी
क्षेत्रसँगको सहकार्यमा ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने
·
पाल्पा,
सुनसरी र दाङमा पेट्रोलियम पदार्थको
अन्वेषण शुरू गरिने
·
उद्योग,
वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि
रु. १० अर्ब १४ करोड विनियोजन
पर्यटन पूर्वाधार र सम्पदा
संरक्षण
·
प्रमुख
पर्यटकीय क्षेत्रमा हिल स्टेशन, होटल,
लज, रिसोर्ट लगायतका पर्यटन पूर्वधार निर्माणका लागि वन
क्षेत्र लगायत सरकारी स्वामित्वको जमिन लिजमा दिने व्यवस्था गरिने
·
खप्तड,
रामारोशन, वडिमालिका, बुढीनन्दा, रारा,
स्वर्गद्वारी र मुक्तिनाथसम्मको
पर्या–पर्यटन पदमार्ग विकास गरिने
·
होटल
तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत महसुल छुट दिइने
·
पोखरा
अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने
·
संस्कृति,
पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको
लागि रु. १३ अर्ब २८ करोड बजेट विनियोजन
वन तथा वातावरण
·
वन
क्षेत्रको भोगाधिकार दिँदा नाप जाँच गरिएका रूखहरू कटान गर्नु अघि पुनः नापजाँच
गर्नुपर्ने व्यवस्था हटाइने
·
पुष्पलाल
मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा फर्निचर तथा भेनियर उद्योग स्थापना गर्न
प्रोत्साहन गरिने
·
प्लास्टिकजन्य
पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो
प्लाष्टिकको उत्पादन, आयात,
बिक्री वितरण र प्रयोगमा सम्वत् २०८२
मंसिर १ गतेदेखि लागु हुने गरी रोक लगाएको
·
वन
तथा वातावरण मन्त्रालयको लागि रु. १८ अर्ब ६१ करोड विनियोजन
सञ्चार तथा डिजिटल पूर्वाधार
·
डाटा
सेन्टर निर्माण, सञ्चालन र
पूर्वाधार विकासमा निजी क्षेत्रसँग साझेदारी गरिने
·
काठमाडौँमा
सूचना प्रविधि पार्क स्थापना गरिने
·
सञ्चार
तथा सूचना प्रविधि मन्त्रालयको लागि रु. ७ अर्ब ७२ करोड विनियोजन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा
·
रोजगारीको
खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार
पोर्टल सञ्चालन गरिने
·
‘अन द
जव‘ तथा ‘एपरेन्टसिप‘ कार्यक्रम सञ्चालन गरिने
·
सामाजिक
सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्रलाई क्रमशः अनिवार्य
बनाइने
·
श्रम,
रोजगार तथा सामाजिक सुरक्षा
मन्त्रालयको लागि रु. ४ अर्ब २८ करोड विनियोजन
गुणस्तरीय शिक्षा र मानव पुँजी
विकास
·
प्रत्येक
जिल्लामा कम्तीमा एक विद्यालय पर्नेगरी १०० विद्यालयमा शैक्षिक नतिजामा आधारित
प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने
·
नक्साङ्कनका
आधारमा विद्यालय गाभ्ने नीति लिइने
·
अंग्रेजी,
विज्ञान र गणित विषयका शिक्षकहरूको
अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने
·
मुशहर,
डोम र चमार समुदायका विद्यार्थीलाई
चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिने
·
शिक्षा,
विज्ञान तथा प्रविधि मन्त्रालयको लागि
रु. २ खर्ब ११ अर्ब १७ करोड विनियोजन
निरोगी नेपालः स्वस्थ नेपाली
·
स्वच्छ
आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न
’निरोगी नेपाल’ अभियान सञ्चालन गरिने
·
स्वास्थ्य
बीमा कार्यक्रमको पुनर्संरचना गरिने
·
फागुन
महिनामा नसर्ने रोगको सघन स्क्रिनिङ्ग गर्ने व्यवस्था मिलाइने
·
बसाइँसराइलाई
व्यवस्थित गर्ने र जनसङ्ख्या वृद्धिदरलाई प्रतिस्थापन दरभन्दा कम हुन नदिने नीति
लिइने
·
स्वास्थ्य
तथा जनसङ्ख्या मन्त्रालयको लागि रु. ९५ अर्ब ८१ करोड विनियोजन
युवा तथा खेलकुद
·
१६
वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र
प्रदान गरिने
·
झापाको
दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको
आधुनिक रंगशाला निर्माण गरिने
·
प्रत्येक
प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन
·
युवा
तथा खेलकुद मन्त्रालयका लागि रु. ६ अर्ब ८ करोड विनियोजन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
·
सार्वजनिक
क्षेत्रका कार्यकारी तहमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न नीतिगत र
संरचनागत सुधार गरिने
·
महिलाको
नाममा उद्योग, व्यवसाय वा
कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिने
·
समतामूलक,
सभ्य र सुसंस्कृत समाजको निर्माणका
लागि छुवाछुत तथा भेदभाव विरूद्ध राष्ट्रिय अभियान सञ्चालन गरिने
·
हरेक
वर्षको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइने
·
महिला,
बालबालिका तथा ज्येष्ठ नागरिक
मन्त्रालयका लागि रु. २ अर्ब ८ करोड विनियोजन
स्वच्छ ऊर्जा तथा सिँचाइ
·
आगामी
दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गरिने
·
ग्रीन
हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गरिने
·
विद्युत
माग कम हुने समयमा निश्चित युनिटभन्दा बढी खपत गर्ने उत्पादनमूलक उद्योगलाई महसुल
दरमा थप छुट दिने व्यवस्था
·
ऊर्जाको
घरायासी आवश्यकता विद्युतीय माध्यमबाट पूरा गर्न सात प्रदेशका सात शहरमा कम्प्लिट
वाइरिङ्ग पाइलट प्रोजेक्ट सञ्चालन गरिने
·
ऊर्जा,
जलस्रोत तथा सिँचाइ मन्त्रालयको लागि
रु. ८६ अर्ब १ करोड विनियोजन
दिगो, गुणस्तरीय र सुरक्षित पूर्वाधार
·
राष्ट्रिय
राजमार्गलाई आवश्यकताको आधारमा दुई लेनदेखि आठ लेनसम्मको गतियुक्त र सुरक्षित
सडकमा स्तरोन्नति गर्दै लगिने
·
बन्द
अवस्थामा रहेको काठमाडौँ–हेटौडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको
सम्भाव्यता अध्ययन
·
सिद्धार्थ
राजमार्गलाई डेडिकेटेड डवल लेनमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ गरिने
·
काठमाडौँ
उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप १००
विद्युतीय बस उपलब्ध गराइने
·
सार्वजनिक
यातायात प्राधिकरण सञ्चालनमा ल्याइने
·
भौतिक
पूर्वाधार तथा यातायात मन्त्रालयको लागि रु. १ खर्ब ५२ अर्ब विनियोजन
योजनावद्ध शहरी विकास
·
निजी
क्षेत्रबाट निर्माण तथा सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि
नीतिगत सहजीकरण गरिने
·
शहरी
विकास मन्त्रालयको लागि रु. १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन
खानेपानी तथा सरसफाइ
·
सङ्घ,
प्रदेश, स्थानीय तह र समुदायको सहकार्यमा प्रशोधित खानेपानी
उपलब्ध गराउन सात प्रदेशका सात शहरमा नमुना आयोजना सञ्चालन गरिने
·
खानेपानी
मन्त्रालयको लागि रु. ३३ अर्ब ८९ करोड विनियोजन
आर्थिक योजना तथा तथ्याङ्क
·
राष्ट्रिय
आर्थिक गणना, २०८२ सम्पन्न
गरिने।
·
राष्ट्रिय
लेखाको आधार वर्ष परिवर्तन गरिने।
·
सङ्घ,
प्रदेश र स्थानीय तहको तथ्याङ्कीय
प्रोफाइल तयार गरिने।
·
विग
डाटा प्रशोधन क्षमता विकास गरिने।
वित्तीय क्षेत्र सुदृढीकरण
·
सम्बन्धित
व्यक्तिले वर्षमा एकपटक एक ठाँउमा केवाइसी विवरण भर्ने र उक्त विवरणलाई राष्ट्रिय
परिचयपत्रमा आवद्ध गर्ने व्यवस्था मिलाइने
·
आर्थिक
वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिने
·
गैर
आवासीय नेपालीलाई दोस्रो बजारमा कारोवार गर्न अनुमति दिने व्यवस्था मिलाइने
शासकीय सुधार र भ्रष्टाचार
नियन्त्रण
·
सङ्घीय
निजामती सेवा विधेयक संसदको चालु अधिवेशनबाट पारित गरिने
·
प्रधानमन्त्री
तथा मन्त्रिपरिषद्को कार्यालयलाई सेन्टर अफ एक्सीलेन्सको रूपमा विकास गरिने
·
सार्वजनिक
सेवालाई नागरिक एपमा आवद्ध गरी सरल, सहज र मितव्ययी बनाइने
·
कर्मचारी
सञ्चयकोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितमा सुलभ आवास
कार्यक्रम सञ्चालन गरिने
·
कर्मचारी
सञ्चयकोषबाट हाल सञ्चयकर्ताका पति पत्नीका लागि उपलब्ध स्वास्थ्य उपचार सुविधा
परिवारका अन्य सदस्यमा समेत विस्तार गरिने
·
मतदाता
परिचयपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरी निर्वाचनको विश्वसनीयता अभिवृद्धि
गरिने
मितव्ययिता
·
संविधानले
निर्दिष्ट गरे बमोजिम सङ्घ, प्रदेश
र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानून निर्माण गरिने
·
अनुदानको
अधिकतम सीमा लागतको ५० प्रतिशतसम्म कायम गरिने
·
छरितो
र कामकाजी संरचना तथा कर्मचारी व्यवस्थापन गरी चालु खर्चमा उल्लेखनीय कटौती गरिने
कर कानूनमा समयानुकूल सुधार
·
मूल्य
अभिवृद्धि करमा बहुदर लागु गर्न प्राप्त सुझावलाई समेत मध्यनजर गर्दै यसको
सान्दर्भिकता र व्यवहारिक प्रयोगका सम्वन्धमा अध्ययन गरिने
·
सूचना
प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट
·
नेपालमा
बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत
मात्र आयकर लाग्ने
·
दश
करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने
·
मदिरा,
वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल
दरमा वृद्धि
·
खाद्यान्न,
गेडागुडी, फलफुल लगायत वनस्पतिजन्य, पशुजन्य तथा दूधजन्य पदार्थमा भन्सार विन्दुमा
लाग्दै आएको अग्रिम आयकर खारेज
·
डिजिटल
भुक्तानीलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर
खारेज
·
सडक,
सिँचाइ र जलविद्युत आयोजनामा सुरूङ
प्रविधिको प्रयोग प्रवर्द्धन गर्न निजी क्षेत्रले टनेल बोरिङ्ग मेशिन पैठारी गर्दा
१ प्रतिशत मात्र भन्सार महसुल
·
ग्रीन
हाइड्रोजन उत्पादकलाई ५ वर्ष सम्म आयकर छुट दिने
·
करदाताले
करयोग्य कारोबार नगरेको अवस्थामा समेत न्यूनतम कर तिर्नुपर्ने विद्यमान व्यवस्था
खारेज