Lesson : दिवस र नाराहरु
राष्ट्रिय महिला अधिकार दिवस २०८२
राष्ट्रिय महिला अधिकार दिवस २०८२ मनाइएको छ
- कहिले ? : २०८२ जेठ १६
- हरेक बर्षको जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाइन्छ
- २०८२ को नारा : 'महिला अधिकारको सम्मान: आत्मनिर्भरता हाम्रो अभियान'
- २०८१ को नारा : “हाम्रो अभियानः आत्मनिर्भर छोरीको सम्मान”
- २०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गरी हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।
- नेपालको संविधान–२०७२ ले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।